Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारत हुँदै नेपाल प्रवेश गर्न खोज्न थाले बंगलादेशी नागरिक, एक जनालाई फिर्ता पठाइयो

विराटनगर । नेपाल प्रवेश गर्न खोज्ने एकजना बंगलादेशी नागरिकलाई फर्काइएको छ ।

मंगलबार दिउँसो विराटनगरको रानी नाका हुँदै नेपाल प्रवेश गर्न खोज्ने बंगलादेश टाङगाई पुराबरीका ४६ वर्षीय उत्तम सरकारलाई प्रहरीले फिर्ता पठाएको हो ।

मोरङ प्रहरीका अनुसार सरकार भारतीय नागरिकको समूहमा मिसिएर अनधिकृतरूपमा नेपाल प्रवेश गर्न खोजेका थिए ।

तर इन्सपेक्टर प्रकाश थापा नेतृत्वको टोलीले विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट भारततर्फ नै फिर्ता पठाएको हो । जोगवनी हुँदै नेपाल प्रवेश गर्ने प्रत्येक व्यक्तिलाई कडाइका साथ चेकजाँच गर्ने गरिएको छ ।

बंगलादेशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमसँगै नेपाल-भारत सीमा क्षेत्रमा कडाइ गर्न केन्द्रीय सुरक्षा समितिको बैठकले निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077