Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मुहम्मद युनुस बने बंगलादेशको अन्तरिम सरकारका प्रमुख

एजेन्सी । बङ्गलादेशको अन्तरिम सरकारका प्रमुखमा मुहम्मद युनुस नियुक्त भएका छन् । राष्ट्रपति मोहम्मद शहाबुद्दीनको अध्यक्षतमा बसेको बैठकले युनुसलाई अन्तरिम सरकारको प्रमुखमा नियुक्त गरेको हो।

प्रदर्शनकारी विद्यार्थीहरूले युनुसलाई अन्तरिम सरकारका प्रमुखका लागि प्रस्ताव गरेका थिए।

नोबेल पुरस्कार विजेता युनुसले अबको ३ महिनाभित्र निर्वाचन गराउने छन् । उनी पूर्वप्रधानमन्त्री शेख हसिनाको कट्टर विरोधी हुन् ।

साँझ ६ बजेतिर विद्यार्थी नेताहरू सवार एउटा माइक्रोबस राष्ट्रपतिको सरकारी आवास तथा कार्यालय बाङ्गभवनमा छिरेको थियो ।

बैठकमा विद्यार्थी नेताले अन्तरिम सरकार गठनबारे कुराकानी गरेका थिए । प्रधानमन्त्री शेख हसिनाले सोमबार राजीनामा दिएर भारततिर भागेकी थिइन् ।

सेना प्रमुखले विपक्षी दलकी अध्यक्ष खालिदा जिया जेलबाट रिहा भएपछि मात्रै अन्तरिम सरकार गठनलाई अगाडि बढाइने जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077