Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना: क्याप्टेनसहित चार विदेशी नागरिकको मृत्यु

काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिका-७ सूर्यचौरमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ ।

काठमाडौंबाट स्याफ्रुबेंसी उडेको एयर डाइनेस्टीको ९एनएजेडी कलसाइन भएको उक्त हेलिकप्टर दुर्घटनामा परेको हो ।

यो हेलिकप्टर काठमाडौंबाट १ बजेर ५४ मिनेटमा उडेको थियो। उडेको तीन मिनेटपछि हेलिकप्टर सम्पर्कविहीन भएको थियो।

उक्त हेलिकप्टर सवार ५ जनाको मृत्यु भएको छ।  जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार घटनास्थलमा पाँच जनाको शव फेला परेको छ।

चार जना यात्रु र एक जना पाइलटको शव घटनास्थलमा फेला परेको प्रहरीले जनाएको छ । हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077