Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हेलिकोप्टर दुर्घटनामा भएको मानवीय क्षतिप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा पाँच जनाको निधन भएकोमा शोक प्रकट गरेका छन् ।

बुधबार सामाजिक सञ्जालमार्फत राष्ट्रपति पौडेलले दुर्घटनापछि आफू स्तब्ध भएको बताउँदै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

उनले शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गरेका छन् ।

बुबार नुवाकोटको शिवपुरी गाउँपालिकामा भएको दुर्घटनामा पाँच जनाको निधन भएको थियो । हेलिकप्टर क्याप्टेन अरूण मल्लले उडाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077