Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बंगलादेशमा गार्डलाई बन्धक बनाएर जेलबाट २०९ कैदी फरार

एजेन्सी । बंगलादेशमा गाजीपुरको काशिमपुर कारागारबाट २०९ कैदी भागेका छन् ।

कारागारका सुरक्षाकर्मीलाई बन्धक बनाएर उनीहरू जेलबाट भागेका हुन् । त्यसक्रममा तीन लडाकुसहित ६ जनाको मृत्यु भएको छ ।

मंगलबार दिउँसो एक समूहले कारागार अगाडि आएर प्रदर्शन गर्न थालेपछि घटना भएको हो ।

सुरुमा केही कैदीले जेलका एकजना गार्डलाई बन्धक बनाएर कैदीहरूलाई रिहा गर्न माग गर्दै विरोध प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077