Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

माछापुच्छ्रे बैंक र इक्यान झापाबीच सम्झौतापत्रमा हस्ताक्षर

माछापुच्छ्रे बैंक र इक्यान झापाबीच सम्झौतापत्रमा हस्ताक्षर

आइतवार , श्रावण २७, २०८१

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले एजुकेसनल कन्सल्टेन्सी एसोसिएसन अफ नेपाल (इक्यान) झापासँग सम्झौता गरेको छ ।

विशेष बैंकिङ सेवा प्रदान गर्ने विषयमा व्यावसायिक सम्झौतापत्रमा माछापुच्छ्रे बैंकका सहायक महाप्रबन्धक भरतकुमार लम्साल र इक्यान झापाका अध्यक्ष रोशन सुवेदीले हस्ताक्षर गरेका हुन् ।

इक्यान झापामा आवद्ध परामर्शदातालाई बैंकले शैक्षिक कर्जा एवम् अन्य आवश्यक बैंकिङ सेवाहरू सरल र सहज रुपमा उपलब्ध गराउने सम्झौतापत्रमा उल्लेख छ ।

साथै इक्यान झापामा आवद्ध परामर्शदाताको सिफारिसमा आउने सेवाग्राहीले सहज र सरल ढंगले शैक्षिक कर्जा प्राप्त गर्ने, स्विफ्ट पेमेन्ट मार्फत विभिन्न शुल्क भुक्तानी गर्ने लगायतका सेवा पाउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077