Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

३० महिनायताकै उच्च विन्दुमा पुग्यो नेप्से, २५ अर्ब ७७ करोडको कारोबार

३० महिनायताकै उच्च विन्दुमा पुग्यो नेप्से, २५ अर्ब ७७ करोडको कारोबार

आइतवार , श्रावण २७, २०८१

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्से ९४ अंकले बढेको छ ।

अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ९४.४६ अंक बढेर २८६० अंकमा कायम भएको हो ।

सेयर बजारमा कारोबार रकमले पनि नयाँ रेकर्ड कायम गरेको छ । यस दिन कुल २५ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

यसअघि २२ साउनमा बनेको २३ अर्ब ७१ करोडको रेकर्ड ५ दिनमै तोडिएको हो ।नेप्सेले २८ सयको प्रतिरोध पार गरेसँगै ३० महिनाकै उच्च विन्दुमा आइपुगेको हो।

२२५ कम्पनीको मूल्य बढ्दा १५ को घट्यो भने २ को स्थिर रहेको छ । सबै क्षेत्रगत सूचक बढेका छन् ।

निफ्रा, थ्रीस्टार हाइड्रोपावरको मूल्य ९.८ प्रतिशत बढ्यो । कुथेली बुकरी स्मल हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । युनिलिभर नेपालको ३.८५ प्रतिशत घट्यो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077