Jul 11 2026 | २०८३, आषाढ २७ गते

11 Jul 2026 | शनिवार, आषाढ २७ गते २०८३

शनिवार, आषाढ २७ गते २०८३
images
images

राष्ट्रिय परिचयपत्र पाउन १ करोड ५५ लाखले भरे विवरण

राष्ट्रिय परिचयपत्र पाउन १ करोड ५५ लाखले भरे विवरण

सोमवार , श्रावण २८, २०८१

काठमाडौं । सरकारले राष्ट्रिय परिचयपत्रलाई देशव्यापी बनाउँदै परिचयपत्र प्रदान गर्ने उद्देश्यका साथ थालिएको अभियानका क्रममा हालसम्म १ करोड ५५ लाख १२ हजार २ सय ९५ जना नागरिकको विवरण संकलन गरिएको जनाएको छ।

विभागले परिचयपत्रका लागि विवरण संकलन गरिएकाहरूलाई क्रमशः सो परिचय पत्र प्रदान गर्दै जाने जनाएको छ।

विभागका महानिर्देशक युवराज कट्टेलले आमनागरिकलाई दिइने सबै प्रकारका सेवालाई राष्ट्रिय परिचयपत्रमार्फत् एकीकरण गर्ने गरी थालिएको अभियान प्रभावकारी भइरहेको बताए ।

उनले हालसम्म ९ लाख ७५ हजार परिचयपत्र वितरण गरिसकिएको जानकारी दिए । नेपाल समाचारपत्रबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077