Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले गरे ८ राज्यमन्त्री बर्खास्त

मधेस प्रदेशका मुख्यमन्त्री सिंहले गरे ८ राज्यमन्त्री बर्खास्त

मंगलवार , श्रावण २९, २०८१

जनकपुरधाम । चौतर्फी विरोध सुरु भएपछि मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ८ जना राज्यमन्त्रीहरूलाई बर्खास्त गरेका छन्।

मुख्यमन्त्री सिंहले प्रदेश सरकारमा नियुक्त भएका ८ वटै राज्यमन्त्रीलाई हटाउने निर्णय गरेका हुन्।

२५ जेठमा मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री सिंहले चार दलबाट ८ राज्यमन्त्री नियुक्त गरेका थिए।

२२ साउनमा मात्रै उनले पाँच राज्यमा नियुक्त गरेर मन्त्रीमण्डलको संख्या २० पुर्‍याएका थिए ।

त्यसपछि जनमत पार्टीले मुख्यमन्त्री सिंहलाई स्पष्टीकरणसमेत सोधेको थियो ।

सत्तारूढ दलकै नेताहरूले मधेसमा जम्बो मन्त्रिपरिषद गठन गरेकोमा बिरोध गरेका थिए।

बर्खास्त हुनेमा एमालेका ३, कांग्रेसका २, जनमतका २ र लोसपाका १ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077