Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

भ्रष्टाचारको मुद्दामा हदम्याद नस्वीकार्ने रास्वपाको निर्णय

भ्रष्टाचारको मुद्दामा हदम्याद नस्वीकार्ने रास्वपाको निर्णय

मंगलवार , श्रावण २९, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भ्रष्टाचारसम्बन्धी मुद्दामा हदम्याद राख्ने विषयलाई नस्वीकार्ने निर्णय गरेको छ।

मंगलबार बसेको रास्वपा संसदीय दलको बैठकले भ्रष्टाचारसम्बन्धी कानूनमा हदम्याद राख्ने विषय स्वीकार्य नभएको निर्णय गरेको हो ।

रास्वपा संसदीय दलको बैठकमा राज्य व्यवस्था समितिमा विचाराधीन भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयकबारे छलफल भएको थियो ।

संसदीय दलको बैठकपछि बोल्दै प्रमुख सचेतक सन्तोष परियारले भने,‘भ्रष्टाचारसम्बन्धी कानूनमा हदम्याद राख्ने विषय स्वीकार्य छैन । रास्वपाले यसलाई स्वीकार्दैन ।'

भ्रष्टाचारको आशंका हुँदा कुनै पनि बेला छानबिन गरेर मुद्दा चल्न अवस्था हुनुपर्ने रास्वपाको माग छ ।

भ्रष्टाचारको विषयमा सरकारले ल्याएको विधेयकमा ५ वर्षे हदम्याद प्रस्ताव गरेपछि रास्वपाले विरोध जनाएको हो।

बैठकले कानून समितिबाट पास भएको टीआरसी विधेयकलाई संसद्‌बाट पनि सर्वसम्मत पारित गराउन लाग्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077