Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

रास्वपा सांसद ढकालको आरोप - भ्रष्टाचारको विषय संसद्‌मा प्रवेश गराउँदा सभामुखले रवैया देखाए

रास्वपा सांसद ढकालको आरोप - भ्रष्टाचारको विषय संसद्‌मा प्रवेश गराउँदा सभामुखले रवैया देखाए

मंगलवार , श्रावण २९, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद हरि ढकालले सुशासन र भ्रष्टाचारका विषय संसदमा प्रवेश गराउँदा सभामुख देवराज घिमिरेले रवैया देखाएको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद ढकालले यस्तो आरोप लगाएका हुन्।

सांसद ढकालले नेपाल विद्युत् प्राधिकरणलाई केही उद्योगीहरूले डेडिकेटेड र ट्रंक लाइनमार्फत विद्युत् उपभोग गरेको रकम तिर्नुपर्ने विषय उठाउन खोज्दा सभामुख घिमिरेले माइकको लाइन काटेका थिए।

सभामुखले डेडिकेटेड र ट्रंक लाइनको विषय आकस्मिक समयमा उठाउन नमिल्ने निर्देशन दिएका थिए । सांसद ढकालले सभामुखलाई उक्त रवैया आगामी दिनमा नदेखाउन भनेका थिए।

सांसद ढकालले भने,'प्रतिपक्षले सुशासन र भ्रष्टाचारसँग सम्बन्धित विषय प्रवेश गराउँदा यो खालको रवैया नदेखाइयोस्, प्रतिपक्ष कमजोर छैन, प्रतिपक्षको आवाज कमजोर छैन ।'

उद्योगीहरूले महसुल तिर्नुपर्ने र प्राधिकरणले उठाउनुपर्ने भनिसकेको अवस्थामा पनि लेखा समितिमा छलफल चलाइएको र संसद्मा त्यो विषय उठाउन नदिइएको सांसद ढकालको भनाइ थियो।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरे। अर्बौंको डेडिकेटेड र ट्रंक लाइनको महसुल असुल गर्नका लागि चासो नभएको विषय संसद्को सधैको बैठकमा आकस्मिक विषय बन्नुपर्ने सांसद ढकालको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077