Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

नेपालको हवाई क्षेत्रलाई सुरक्षित बनाउन सेवा प्रदायक छुट्याउनुपर्छ : सोबिता गौतम

नेपालको हवाई क्षेत्रलाई सुरक्षित बनाउन सेवा प्रदायक छुट्याउनुपर्छ : सोबिता गौतम

मंगलवार , श्रावण २९, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले नेपालको हवाई क्षेत्रमा गम्भीर समस्या देखिएको बताएकी छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गौतमले निरन्तर भइरहेको हवाई दुर्घटनाले नेपालको नियामक निकायको नियमन असफल भएको देखिएको बताएकी हुन्।

हवाई दुर्घनाको विषय आफूले मात्रै ६ पटक संसद्मा उठाएको बताउँदै सांसद गौतमले सरकारले संसद्‌मा उठान गरेका विषयको सुनुवाइ नगरेको पनि बताइन्।

नेपालको हवाई क्षेत्रमा गम्भीर समस्या देखिएको भन्दै सांसद गौतमले तत्काल सरकारले समाधान गर्न आवश्यक रहेको बताइन्।

सांसद गौतमले नेपालको हवाई क्षेत्रलाई सुरक्षित बनाउनको लागि नागरिक उड्डयन प्राधिकरणलाई सेवाप्रदायक र नियामक निकाय छुट्याउन आवश्यक रहेको बताइन् ।

उनले सरकारका पर्यटनमन्त्री पटक–पटक फेरिए पनि उक्त विधेयक संसद्‌मा आउन नसकेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077