Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

लेखा समितिका सभापतिको आरोप – प्राधिकरण र सरकारको मिलेमतोमा व्यवसायीलाई १६ अर्ब छुट दिइयो

लेखा समितिका सभापतिको आरोप – प्राधिकरण र सरकारको मिलेमतोमा व्यवसायीलाई १६ अर्ब छुट दिइयो

मंगलवार , श्रावण २९, २०८१

काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले लाल आयोग व्यवसायी र सरकारको सेटिङमा बनेको आरोप लगाएका छन्।

प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै सभापति पोखरेलले यस्तो आरोप लगाएका हुन्।

सभापति पोखरेलले विद्युत प्राधिकरण, तत्कालीन सरकार र व्यवसायीहरूको मिलेमतोमा लाल आयोग बनाएर १६ अर्ब बक्यौता छुट दिइएको बताए।

सभापति पोखरेलले गत वैशाख २७ गतेको मन्त्रिपरिषद् बैठकले व्यवसायीहरूलाई विद्युत महसुलको बक्यौता बापतको १६ अर्ब रुपैयाँ छुट दिने निर्णय गरेको बताए।

मन्त्रिपरिषद्को निर्णय देखाउँदै सभापति पोखरेलले भने, ‘दुई वटा आशयको पत्र कसरी हुनसक्छ? यो पृथ्वीमा नेपालमा बाहेक अन्त हुनसक्छ? मुलुकको अन्तर्राष्टिय बेइज्जत हुने परिस्थिति कसले निर्माण गर्‍यो? उजुरीको चाङ छ, मेरो व्यक्तिगत कुरा केही छैन। यसरी १६ अर्ब रुपैयाँ छुट दिने परिस्थिति कसरी निर्माण भयो भने व्यवसायी र समितिको बीचमा बहस भयो। व्यवसायीका तर्फबाट जसजसले बहस गर्नुभयो। त्यो र लाल आयोगको भाषा, शब्द र शैली जस्ताको तस्तै कसरी मिल्छ?’

समितिमा छलफल हुँदा प्राधिकरण, सरकार र व्यवसायीको सेटिङमा आयोग निर्माण भएको कुरा सांसदले उठाएको उनले बताए।

सभापति पोखरेलले व्यवसायीसँग लेखा समितिको सभापतिले भेट्यो भनेर सार्वजनिक रूपमा चरित्र हत्या गरिएको गुनासो गरे।

समितिले व्यापारीहरूलाई १६ अर्ब रुपैयाँ छुट दिएको बताउँदै उनले यो कुरा व्यवसायीसँगको मिलेमतोमा भएको दाबी गरे ।

उनले डेडिकेटेड फिडर लाइनमा महालेखा परीक्षकको कार्यालयले बेरुजु देखाएपछि लेखा समितिले छलफल गरेको जानकारी दिए ।

सभापति पोखरेलले लेखा समितिले बेरुजुबारे छलफल गर्न पाउने अधिकार अन्तर्गत नै छलफल गरेको भन्दै त्यसमा आफ्नो व्यक्तिगत स्वार्थ केही नभएको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077