Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

भुटानी शरणार्थी र गिरीबन्धु जग्गा प्रकरणको विषय सरकारले स्पष्ट पार्नुपर्छ : गगन थापा (भिडियोसहित)

भुटानी शरणार्थी र गिरीबन्धु जग्गा प्रकरणको विषय सरकारले स्पष्ट पार्नुपर्छ : गगन थापा (भिडियोसहित)

मंगलवार , श्रावण २९, २०८१

काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगन थापाले भुटानी शरणार्थी र गिरीबन्धुको विषयबाट सरकार भाग्न नमिल्ने बताएका छन् ।

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

उनले भुटानी शरणार्थी प्रकरण, गिरीबन्धु जग्गा प्रकरण र डेडिकेटेड र ट्रंक लाइनको विषयमा सदनमा स्पष्ट पार्न सरकारसँग माग गरे ।

महामन्त्री थापाले यो विषयहरूमा सरकार भाग्ने नभइ स्पष्ट जवाफ दिनेतर्फ लाग्नुपर्ने बताए।

महामन्त्री थापाले भने, 'भुटानी शरणार्थी प्रकरण, गिरीबन्धु जग्गा र डेडिकेटेड र ट्रंक लाइनबाट भाग्ने होइन हामीले स्पष्ट पार्ने हो । गिरीबन्धुको विषयमा सर्वोच्च आदेशमा जग्गा फिर्ता गर्ने भन्ने छ । त्यसलाई कारबाही गर्नुपर्‍यो । तुरुन्त जग्गा फिर्ता ल्याउनुपर्‍यो।'

उनले अहिले सरकार बन्दै गर्दा यी विषयमा के होला भन्ने चासो प्रकट भएको सन्दर्भमा यसलाई स्पष्ट गर्नुपर्ने उल्लेख गरे ।

उनले संविधान संशोधनका सवालमा पनि समानुपातिक समावेशीतालाई अझ मजबुत बनाउन खोजेको बताए ।

उनले डेडिकेटेड र ट्रंक लाइनको विषयमा सरकारले यसअघिका कुनै पनि निर्णयहरू भन्दा अलग भएर जान नसक्ने बताए । उनले बक्यौताको एक रुपैयाँ पनि छोड्न नसक्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077