Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदमा पेश

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदमा पेश

मंगलवार , श्रावण २९, २०८१

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकको प्रतिवेदन प्रतिनिधि सभामा पेश भएको छ ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) (तेस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गरिएको हो ।

प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदीले उक्त विधेयक टेबल गरेकी हुन्।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१ पेश गर्न सभामुख देवराज घिमिरेले अनुमति दिएका थिए।

उक्त अनुमति दिएसँगै सभापति सुवेदीले विधेयक टेबल गरेकी हुन्। साउन २४ गते उक्त समितिबाट सर्वसम्मतिले पारित भएको थियो।

यो विधेयक तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले २०७९ साल फागुन २५ गते प्रतिनिधिसभामा दर्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077