Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

संसदीय सुनुवाइ समिति सभापतिको निर्वाचन साउन ३१ मा हुने

संसदीय सुनुवाइ समिति सभापतिको निर्वाचन साउन ३१ मा हुने

मंगलवार , श्रावण २९, २०८१

काठमाडौं । संघीय संसद्को संसदीय सुनुवाइ समितिको सभापतिको निर्वाचन साउन ३१ गते हुने भएको छ ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले साउन ३१ गते सभापतिको निर्वाचन गर्न मिति तोकेका हुन् ।

त्यस्तै, राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सभापतिको निर्वाचन पनि साउन ३१ गते हुने भएको छ ।

संघीय संसद्को संयुक्त बैठक संयुक्त समिति कार्य सञ्चालन नियमावली, २०८० को नियम २५ बमोजिम गठित संसदीय सुनुवाइ समिति र नियम २८ बमोजिम गठित राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सभापतिको निर्वाचन मिति साउन ३१ मा हुने सभामुख घिमिरेले घोषणा गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077