काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको शान्ति प्रक्रियालाई सफलताका साथ निष्कर्षमा पुर्याउने बताएका छन् ।
मंगलबार महान्यायधीवक्ता कार्यालयमा आयोजित सरकारी वकिलहरूसँगको छलफलमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
उनले संक्रमणकालीन न्यायसम्बन्धी विषय (टीआरसी) मा विभिन्न देशले चासो व्यक्त गरिरहेको भन्दै सफलताका साथ निष्कर्षमा पुर्याउने बताए ।
संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सदनमा पेस भएको भन्दै प्रधानमन्त्री ओलीले यही अधिवेशनबाट पारित गर्ने बताए ।
उनले उक्त विधेयक पीडितमैत्री र पीडित केन्द्रित भएर बनाइएको भन्दै कोशेढुंगाको रूपमा पारित हुने बताए ।