Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

स्थानीय तहको उपनिर्वाचन जुट्यो आयोग, मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान

स्थानीय तहको उपनिर्वाचन जुट्यो आयोग, मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान

मंगलवार , श्रावण २९, २०८१

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहमा उपनिर्वाचनको तयारी सुरु गरेको छ ।

नगरपालिका प्रमुख, उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्ष गरी रिक्त रहेका ३४ पदका लागि उपनिर्वाचनको तयारी सुरु भएको जनाएको छ ।

आयोगले आज एक सूचना जारी गर्दै उपनिर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको छ । स्थानीय तह निर्वाचन ऐन, २०७३ बमोजिम रिक्त पदमा पदावधि एक वर्षभन्दा बढी रहेको अवस्थामा उपनिर्वाचन हुने व्यवस्था छ ।

आयोगका प्रवक्ता रघुराम विष्टले गाउँपालिका तथा नगरपालिकाका यस्ता पदहरू रिक्त हुँदा आम नागरिकलाई सेवा प्राप्तिमा असुविधा हुने विषयलाई समेत मध्यनजर गर्दै उपनिर्वाचनका लागि आयोगले आन्तरिक तयारी गरिरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077