काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सकारले देशद्रोही, जनविरोधी र अलोकतान्त्रिक काम नगर्ने भएकाले नेपालमा समाज बिथोल्ने खालका कुनै पनि आन्दोलन गर्न नहुने बताएका छन् ।
महान्यायाधिवक्ताको कार्यालयको अवलोकनपछि सरकारी वकिललाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
उनले वर्तमान सरकारले सुशासन कायम गर्दै समृद्धि हासिल गर्ने बाटोमा अग्रसर भएकाले सरकारविरुद्ध तथ्यपरक रुपमा आलोचना गर्ने ठाउँ नदिने गरी काम गर्ने स्पष्ट पारे ।
यस्तै प्रधानमन्त्री ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनलाई टुङ्गो लगाउन भएको राजनीति सहमति शान्ति प्रक्रियाको अन्तिम किस्ताको कोशेढुङ्गा भएको बताए ।