Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

संसदमा आज दलका शीर्ष नेताले सम्बोधन गर्ने, टीआरसी विधेयक पारित गर्ने तयारी

संसदमा आज दलका शीर्ष नेताले सम्बोधन गर्ने, टीआरसी विधेयक पारित गर्ने तयारी

बुधवार , श्रावण ३०, २०८१

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसहित सबै दलका शीर्ष नेताले सम्बोधन गर्ने भएका छन् ।

दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सबै दलका शीर्ष नेताले सम्बोधन गर्ने भएका हुन् ।

सरकारले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदबाट आजै पारित गर्ने भएको छ ।

बैठकमा विधेयकमाथि छलफल सकेर आजै पारित गर्नका लागि निर्णयार्थ पेश गरिने बताइएको छ ।

बैठकको सुरुमै प्रधानमन्त्री केपी शर्मा ओलीले विधेयकमा केन्द्रित भएर सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077