Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

माओवादी सुदूरपश्चिमको प्रमुख सचेतक बनिन् माल

माओवादी सुदूरपश्चिमको प्रमुख सचेतक बनिन् माल

बुधवार , श्रावण ३०, २०८१

कैलाली । सुदूरपश्चिम प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) को संसदीय दल प्रमुख सचेतकमा गीतादेवी माल मनोनीत भएकी छन् ।

मंगलबार संसदीय दलको बैठकले प्रदेश सभा सदस्य माललाई प्रमुख सचेतकमा चयन गरेको हो ।

यसअघिका प्रमुख सचेतक मानबहादुर धामी खगराज भट्टलाई हटाउँदै दलको नेता बनेपछि माओवादीको प्रमुख सचेतक पद खाली थियो ।

उनी डडेल्धुराकी समानुपातिकतर्फकी प्रदेश सभा सदस्य हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077