Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

प्रधानमन्त्री ओलीले भने - टीआरसी विधेयकबारे छिट्टै प्रभावकारी आयोग बनाउछौं

प्रधानमन्त्री ओलीले भने - टीआरसी विधेयकबारे छिट्टै प्रभावकारी आयोग बनाउछौं

बुधवार , श्रावण ३०, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले टीआरसी विधेयक संसदबाट पास भएपछि सहमतिका साथ आयोगहरु बनाउने बताएका छन्।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

प्रधानमन्त्री ओलीले टीआरसी विधेयकमा सहमति जुट्नु खुसीको विषय भएको बताए।

प्रधानमन्त्री ओलीले नेपालमा द्वन्द्वको अन्तिम किस्ता पनि सफल बनाउने चरणमा पुगेको बताए।

पीडित मैत्री सहमति जुटेको र छिट्टै प्रभावकारी आयोग बन्ने उनले बताए ।

प्रधानमन्त्री ओलीले भने,‘टीआरसीबारे संसदीय समितिबाट सर्वसम्मतीले सहमति भएको छ, पीडित मैत्री दस्तावेज तयार बनाएका छौं । ऐन बनेपछि प्रभावकारी आयोग बन्छ र त्यसलाई सरकारको पूराका पूरा समर्थन रहन्छ ।’

ऐन बनिसकेपछि यस अन्तरगतका आयोगहरु निर्माण गर्ने उनले बताए । ऐनले आयोगलाई काम गर्न अनुकलता प्रदान गरेको प्रधानमन्त्री ओलीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077