Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

सबै राजनीतिक दलहरूसँग मिलेर संविधान संसोधन गर्छौं : प्रधानमन्त्री ओली

सबै राजनीतिक दलहरूसँग मिलेर संविधान संसोधन गर्छौं : प्रधानमन्त्री ओली

बुधवार , श्रावण ३०, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानका आधारभूत मूल्य मान्यता यथावत राखेर संविधान संशोधन गर्न सकिने बताएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

प्रधानमन्त्री ओलीले कठीन परिस्थितिमा पनि सबै दलहरू मिलेर संविधान निर्माण गरिएकाले अहिले परिमार्जन गर्दा पनि सबै मिलेर गर्ने बताए ।

प्रधानमन्त्री ओलीले भने,‘संविधानप्रति कसैलाई माया लागेको कसैलाई नलागेको छँदैछैन। मिलेर बनाएको हो फेरि मिलेर कार्यान्वयन गर्छौं र परिमार्जन गर्छौं ।’

प्रधानमन्त्री ओलीले मनलाग्दी ढंगले संविधान संसोधन गर्न नखोजिएको पनि बताए।

उनले लोकतन्त्र र सामाजिक न्यायप्रति सरकार प्रतिबद्ध भएको र आधारभूत विषयहरू संघीयता र लोकतन्त्रलाई परिमार्जन गर्न नखोजिएको बताए।

उनले विकास, समृद्धी र जनतालाई सेवा दिने विषयमा बाधक बनेको विषय मात्रै संसोधन गर्न लागिएको बताए।

प्रधानमन्त्री ओलीले संसोधनका लागि जसोतसो दुई तिहाई पुर्‍यऔं भन्ने पक्षमा पनि सरकार नरहेको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077