Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

३४ अंकले नेप्से बढ्दा २३ अर्ब ४३ करोडको कारोबार

३४ अंकले नेप्से बढ्दा २३ अर्ब ४३ करोडको कारोबार

बुधवार , श्रावण ३०, २०८१

काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज ३४ अंकले बढेको छ ।

३४.२९ अंक अंकको वृद्धिपछि नेप्से २९५७ अंकमा कायम भएको हो ।

मंगलबार नेप्से परिसूचक ८ अंकले घटेको थियो।

यसदिन ३३२ स्क्रिप्सको ५ करोड १२ लाख ३० हजार ३४० कित्ता सेयर २३ अर्ब ४३ करोड ५ लाख ८१ हजार १५० रुपैयाँमा खरिदबिक्री भए।

अघिल्लो दिन २१ अर्ब ५१ करोड मूल्यको सेयर कारोबार भएको थियो। यसदिन १० वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

८६ करोडको सेयर कारोबार गरी हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो।

यसैगरी शिवम् सिमेन्टको ८४ करोड,अपी पावरको ७५ करोड, नेपाल फाइनान्सको ६१ करोड र सानिमा माइ हाइड्रोपावरको ५८ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077