Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

प्रधानमन्त्री ओलीले दिए स्वास्थ्यमन्त्री पौडेललाई धन्यवाद

प्रधानमन्त्री ओलीले दिए स्वास्थ्यमन्त्री पौडेललाई धन्यवाद

बुधवार , श्रावण ३०, २०८१

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने कार्यविधि २०८१ पारित गरेपछि प्र्रधानमन्त्री केपी शर्मा ओलीले धन्यवाद दिएका छन् ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फ प्रधानमन्त्री ओलीले स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई धन्यवाद दिएका हुन् ।

उनले लेखेका छन्, 'अब चितवनको भरतपुर क्यान्सर अस्पताल, भक्तपुरको भक्तपुर क्यान्सर अस्पताल, नेपालगञ्जको सुशील कोइराला क्यान्सर अस्पताल सहित कोशी प्रदेश अस्पताल विराटनगर, नारायणी अस्पताल वीरगञ्ज, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेत प्रादेशिक अस्पताल र धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा उपलब्ध हुने छ । निर्णयमा अग्रसरता लिनु भएकोमा स्वास्थ्यमन्त्री माननीय प्रदीप पौडेललाई धन्यवाद !'

यससँगै देशका सातवटै प्रदेशमा क्यान्सर उपचारसम्बन्धी सेवाको पहुँच विस्तार भएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077