Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

तीन वर्षयताकै उच्च विन्दुमा पुग्यो नेप्से, २९ अर्ब ९५ करोडको कारोबार

तीन वर्षयताकै उच्च विन्दुमा पुग्यो नेप्से, २९ अर्ब ९५ करोडको कारोबार

बिहिवार , श्रावण ३१, २०८१

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज नेप्से परिसूचक पनि ४३ अंकले बढेको छ ।

सेयर कारोबार साताको अन्तिम दिन नेप्से परिसूचक परिसूचक ४३.०५ अंकले बढेर ३०००.८१ विन्दुमा पुगेको हो।

आज कारोबार रकम पनि ३० अर्ब नजिक पुगेको छ। सेयर बजारमा २९ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

यो कारोबार रकम हालसम्मकै उच्च हो । यसअघि सोमबार कारोबार रकमले २७ अर्ब २४ करोडको उच्च रेकर्ड बनाएको थियो ।

आज उच्च अंकले बढेको सेयर बजारमा तीनवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

बुटवल पावर,राष्ट्रिय बिमा कम्पनी,मोदी इनर्जी लिमिटेको सेयर १० प्रतिशतले बढ्यो। कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा रह्यो।

सो कम्पनीको ९१ करोड ३३ लाख बराबरको सेयर कारोबार भयो।

सानिमा माइ हाइड्रोपावरको ८३ करोड मूल्य बराबरको कारोबार हुँदा अपी पावर कम्पनीले ६५ करोड,कुमारी बैंकले ६१ करोड,नेपाल इन्भेस्टमेन्टले ६० करोड मूल्य बराबरको सेयर कारोबार गरे।

आज पाँचवटा समूहको उपसूचक नकारात्मक देखिदा बाँकी ८ वटा समूहको उपसूचक सकारात्मक देखिएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077