Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

एक वर्षमा भित्रियो १४ खर्ब ४५ बढी रेमिटेन्स

एक वर्षमा भित्रियो १४ खर्ब ४५ बढी रेमिटेन्स

आइतवार , भाद्र २, २०८१

काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ भरीमा १४ खर्ब ४५ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार आव २०८०/८१ मा १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो ।

यो अघिल्लो आव २०७९/८० को तुलनामा १६.५ प्रतिशत धेरै हो । नेपाल राष्ट्र बैंकको यो आंकडा अनुसार यस आवमा मासिक १ खर्ब २० अर्ब रुपैयाँले रेमिट्यान्स भित्रिएको छ ।

आव २०७९/८० मा रेमिट्यान्स २३.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स यस वर्ष १० अर्ब ८६ करोड भित्रिएको छ ।

यो गत आवको तुलनामा १४.५ प्रतिशत धेरै हो । अघिल्लो आवमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.९ प्रतिशत धेरै भित्रिएको थियो ।

रेमिटेन्स भित्रिने दर बढेसँगै बैंक तथा वित्तीय संस्थाको निक्षेपमा वृद्धि भइरहेको छ। बैंकहरूमा संकलन भएको निक्षेप वार्षिक सात खर्ब ४२ अर्ब रूपैयाँले बढेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077