Jul 11 2026 | २०८३, आषाढ २७ गते

11 Jul 2026 | शनिवार, आषाढ २७ गते २०८३

शनिवार, आषाढ २७ गते २०८३
images
images

राजस्व अनुसन्धान र सम्पत्ति शुुद्धीकरण विभाग नेतृत्वविहीन

राजस्व अनुसन्धान र सम्पत्ति शुुद्धीकरण विभाग नेतृत्वविहीन

बिहिवार , भाद्र ६, २०८१

काठमाडौं । राजस्व छली गर्नेहरुलाई कानुनी दायरामा ल्याएर राजस्व छली रोक्ने राजस्व अनुसन्धान विभाग नेतृत्व विहीन भएको छ।

यस्तै कालोधनलाई सेतो बनाउनेहरु माथि छानबिन गर्ने अर्को महत्वपूर्ण निकाय सम्पति शुद्धीकरण अनुसन्धान विभाग पनि नेतृत्वविहीन बनाइएको छ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक चक्र बहादुर बुढा र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक कमलप्रसाद भट्ट्राई दुबैको सरुवा गरिएको झण्डै एक हप्ता सम्म पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ती दुवै निकायमा नयाँ महानिर्देशक पठाउन नसकेको हो।

महानिर्देशक विहीन बनाइएका दुबै निकाय प्रधानमन्त्री कार्यालय मातहत रहेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् मातहत रहेको विभागलाई नै लामो समयसम्म नेतृत्वविहीन राखिएको भन्दै प्रधानमन्त्री कार्यालयको आलोचना हुदै आएको छ।

ती दुवै विभागहरु नेतृत्वविहीन भएपछि विभागले कुनै काम गर्न सकेको छैन् । दैनिक नियमित प्रशासनिकबाहेक विभागमा कुनै पनि छानबिन तथा अनुसन्धानको काम हुन नसकेको विभागकै कर्मचारीहरुले बताएका छन् । नेपाल समाचारपत्रबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077