Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

चारवटा संसदीय समितिको बैठक बस्दै, के-के छन् कार्यसूची ?

चारवटा संसदीय समितिको बैठक बस्दै, के-के छन् कार्यसूची ?

आइतवार , भाद्र १६, २०८१

काठमाडौं । संघीय संसद् अन्तर्गतका चारवटा समितिको बैठक आज बस्दै छन् । बिहान ११ बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको हलमा बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ गर्ने कार्यसूची छ ।
समितिकै हलमा बस्ने अर्थ समितिको बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयकमाथि संशोधनकर्ताहरूसँग छलफल गर्ने कार्यसूची छ।

बैठक बिहान ९ बजे बस्नेछ। यता शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि आइतबार बस्दैछ।

दिनको १ बजे बस्ने बैठकमा सार्वजनिक सेवा प्रशारण विधेयकबारे उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ।
आजै राष्ट्रिय सभाअन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ।

बिहान ११ः३० बजे बस्ने बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयकमाथि सैद्धान्तिक छलफल हुने संसद सचिवलयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077