Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महामन्त्रीद्वयको प्रतिवेदन परिमार्जनसहित पारित गर्ने तयारी

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महामन्त्रीद्वयको प्रतिवेदन परिमार्जनसहित पारित गर्ने तयारी

आइतवार , भाद्र १६, २०८१

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै छ । केन्द्रीय समिति बैठक दिउँसो ३ बजे बबस्न लागेको हो ।

केन्द्रीय समिति बैठकअघि आज दिउँसो १ बजे पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्नेछ ।

गत २३ साउनदेखि जारी बैठक महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमा सहमति नजुट्दा प्रभावित हुँदै आएको थियो ।

प्रतिवेदनमाथि शीर्ष तहमा सहमति जुटेकोले आजको बैठकले परिमार्जनसहित पारित हुने नेताहरूले बताएका छन् ।

शीर्ष नेताहरूको सम्बोधनसहित निर्णयहरू पारित गरेर बैठक आजै समापन गर्ने पार्टीको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077