Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

वर्तमान सरकार स्थायित्वका लागि गठन भएको हो : अर्थमन्त्री पौडेल

वर्तमान सरकार स्थायित्वका लागि गठन भएको हो : अर्थमन्त्री पौडेल

आइतवार , भाद्र १६, २०८१

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार स्थायित्वका लागि गठन भएको बताएका छन्।

नेपाल आर्थिक पत्रकार समाजको २६ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन्।

उनले वर्तमान सरकार स्थायित्वका लागि गठन भएकाले मन्त्री फेरिने परिपाटी अब रोकिने बताए।

अस्थिरताको मार अर्थतन्त्रमा पनि परेको भन्दै उनले अहिले बजारमा त्यसकै असर कायम रहेको बताए।

अर्थमन्त्री पौडेलले निजी क्षेत्रलाई अब गुनासो छोडेर योगदानमा लाग्न समेत सुझाव दिए।

सरकारले निजी क्षेत्रको सबै कुरा सुनिरहेको र सुन्ने भन्दै उनले अब गुनासो छाड्न आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077