Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

माओवादी अध्यक्ष प्रचण्डले भने - गठबन्धन सरकारले जनताको इच्छाविपरीत काम गरिरहेको छ

माओवादी अध्यक्ष प्रचण्डले भने - गठबन्धन सरकारले जनताको इच्छाविपरीत काम गरिरहेको छ

आइतवार , भाद्र १६, २०८१

बाँके । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले वर्तमान गठबन्धन सरकार जनताको इच्छा विपरीत चलिरहेको बताएका छन्।

बाँकेको नेपालगञ्जमा प्रेस सेन्टर नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

अध्यक्ष प्रचण्डले संविधानको भावनाविपरीत बनेको सरकारले निरन्तर जनताका इच्छा विपरीत काम गरिरहेको बताए।

वर्तमान सरकारका विरुद्धमा आवश्यक परे सडकमा पनि जान सक्ने उनले चेतावनी दिए ।

अध्यक्ष प्रचण्डले आफू नेतृत्वको सरकारले अघि सारेका सुशासन, सामाजिक न्याय र समृद्धिका एजेण्डा नै अब मुलुकलाई अघि बढाउने केन्द्रीय एजेण्डा हुनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077