Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

रास्वपाको महामन्त्रीबाट हटाउने निर्णयविरूद्ध मुकुलले गरे पुनरावेदन

रास्वपाको महामन्त्रीबाट हटाउने निर्णयविरूद्ध मुकुलले गरे पुनरावेदन

आइतवार , भाद्र १६, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सदस्यबाट समेत निलम्बनमा परेका मुकुल ढकालले महामन्त्रीबाट हटाउने निर्णयविरूद्ध पुनरावेदन गरेका छन्।

ढकालले महामन्त्री पदमा बहाली होस् भन्दै पार्टीको पुनरावेदन समितिमा पुनरावेदन गरेका हुन्। पार्टी हित, आचरण प्रतिकूल हुने गरी कार्य गरेको भन्दै ढकाललाई असार २५ गते निलम्बन गरिएको थियो।

साथै भदौ ११ गते राष्ट्रिय स्वतन्त्र पार्टीले ढकाललाई साधारण सदस्यबाट समेत बर्खास्त गरिसकेको छ।

पार्टीले गरेको निर्णयअनुप र विधानको धारा ५७ अनुसार महामन्त्री, पार्टी प्रवक्ता र केन्द्रीय सदस्यबाट निर्णय पुनरवलोकन गर्न माग गर्दै ढकालले पुनरावेदन गरेका छन् ।

ढकालले पत्रमा भनेका छन्,‘पार्टीको पदको दुरुपयोग गरी पार्टी विधान एवं कानून विपरित केन्द्रीय समितिको बैठक बसी ममाथि कारबाही गर्दा सफाइ पेश गर्ने मौका समेत प्रदान नगरेको, निर्णय माग गर्दा निर्णय उपलब्ध समेत नगराइ मलाई पार्टीको महामन्त्री, प्रवक्ता तथा केन्द्रिय समितिको सदस्यबाट पदमुक्त गर्ने गरी भएको मिति असार २५ को कथित निर्णय त्रुटिपुर्ण रहेको हुँदा पार्टीको निर्णय अभिलेखबाट हटाई साविक बमोजिम साविककै पदिय हैसियतमा रही पार्टीमा काम गर्ने वातावरण मिलाइपाऊँ ।’

उनले आफूमाथि विवेचित तथ्य, कानूनी व्यवस्था एवं सर्वोच्च अदालतबाट प्रतिपादित कानूनी सिद्धान्त प्रतिकूल हुने गरी व्यक्तिगत पूर्वाग्रह राखी प्रतिशोध लिइएको बताएका छन्।

ढकालले पुनरावेदन पत्रमा तथ्य र कानुनी व्यवस्था एवं सर्वोच्च अदालतबाट प्रतिपादित कानुनी सिद्धान्त समेतको आधारमा व्यक्तिगत पूर्वाग्रह राखी प्रतिशोध लिने दूषित अभिप्राय एवं उद्देश्यबाट आफूलाई कारबाही गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077