Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

चीनका लागि प्रस्तावित राजदूत ओलीले भने – चिनियाँ लगानी भित्र्याउन पहल गर्छु

चीनका लागि प्रस्तावित राजदूत ओलीले भने – चिनियाँ लगानी भित्र्याउन पहल गर्छु

आइतवार , भाद्र १६, २०८१

काठमाडौं । चीनका लागि प्रस्तावित नेपाली राजदूत डा.कृष्णप्रसाद ओलीले आफू राजदूत भएमा चिनियाँ लगानी भित्र्याउन पहल गर्ने बताएका छन्।

संसदीय सुनुवाइ समितिमा सांसदहरुको सोधेको प्रश्नको जवाफ दिँदै ओलीले यस्तो बताएका हुन्।

प्रस्तावित राजदूत ओलीले विगतमा भएका चीन–नेपाल सम्झौता कार्यान्वयनमा पहदकदमी लिने बताए ।

नेपालका विभिन्न क्षेत्रहरूमा चिनियाँ लगानी प्रवर्द्धन गर्न पहल गर्ने, थप नाका खोल्ने र खोलेका नाकालाई व्यवस्थित गर्न आफूले काम गर्ने उनको भनाई छ ।

त्यस्तै , उनले आफू राजदूत भएमा चिनियाँ राष्ट्रपति सी चिनफिङलगायतलाई नेपाल भ्रमण गराउन पहल गर्ने बताए।

नेपालतर्फबाट पनि यस्तै उच्चस्तरीय भ्रमण गराउने आफ्नो पहल कदमी हुने उनको भनाइ छ ।

ओलीले दुवै देशका राष्ट्र प्रमुख, सरकार प्रमुख र उच्चपदस्थ व्यक्तिहरूको भ्रमण आदान प्रदान गर्न प्रयत्न गर्ने बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077