Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

प्रधानमन्त्री ओलीको निर्देशन - बाल मन्दिरको जग्गा कसैले अतिक्रमण गरेको भए नियन्त्रण गर्नू

प्रधानमन्त्री ओलीको निर्देशन - बाल मन्दिरको जग्गा कसैले अतिक्रमण गरेको भए नियन्त्रण गर्नू

आइतवार , भाद्र १६, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बाल संगठन बाल मन्दिरका देशभर छरिएका भौतिक सम्पतिको संरक्षण गर्न निर्देशन दिएका छन् ।

नेपाल बाल संगठनका पदाधिकारसँग सिंहदरबारमा भएको छलफलमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले बाल मन्दिरका देशभर छरिएका भौतिक सम्पतिको पूर्ण संरक्षण र उपयोग गराउन निर्देशन दिए।

प्रधानमन्त्री ओलीले भने,‘बाल मन्दिरका जग्गामा अरुले अतिक्रमण गरेको वा नियमबमोजिम भाडा सम्झौता नगरी बसेको छ भने कडाइ र तीव्रताका साथ तिनको नियन्त्रण र प्रयोग हुनुपर्छ। धनी पूर्जा बिना लामो समयदेखि संगठनले भोगाधिकार लिँदै आएको छ भने पनि ती जग्गा संगठनकै नाममा ल्याइनुपर्छ।’

प्रधानमन्त्री ओलीले जे जति जमिन, भवन र सम्पति छन् तिनको पूर्ण सुरक्षा गर्ने निर्देशन दिए। उनले आवश्यक परे कठोर कदम पनि चालिनुपर्नु बताए ।

प्रधानमन्त्री ओलीले संगठनको नयाँ विधान स्वीकृतिका लागि मन्त्रिपरिषद्मा प्रस्ताव ल्याउन, संगठनको जिम्मामा रहेका बालबालिकालाई सन्तुलित आहार, उचित लत्ताकपडा र माया ममता दिनसहित गुणस्तरीय शिक्षा दिन पनि आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077