Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

जनार्दनबारे स्पष्ट गर्न माओवादीद्धारा नयाँ सर्कुलर जारी

जनार्दनबारे स्पष्ट गर्न माओवादीद्धारा नयाँ सर्कुलर जारी

आइतवार , भाद्र १६, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रले उपमहासचिव जनार्दन शर्माबारे स्पष्ट गर्न भन्दै सर्कुलर जारी गरेको छ।

उपमहासचिव शर्माको विषयलाई थप प्रष्ट पार्दै माओवादी केन्द्रले नयाँ सर्कुलर जारी गरेको हो ।

गत साउन २५ देखि ३१ गतेसम्म बसेको स्थायी कमिटी बैठकबारे जानकारी गराउन भदौ २ गते माओवादीले सर्कुलर जारी गरेको थियो।

उक्त सर्कुलरमा उपमहासचिव शर्माले पार्टीमा प्रस्तुत गरेको प्रस्तावका बारेमा उल्लेख थिएन।

दुई सातापछि आइतबार फेरि सर्कुलर जारी गर्दै माओवादीले पार्टी विभाजनको हल्ला निराधार भएको उल्लेख गरेको छ।

माओवादीले पठाएको सर्कुलरमा भनिएको छ,‘पछिल्लो समयमा कतिपय सन्दर्भमा हाम्रो पार्टी विभाजन हुँदै छ भनि जसरी चर्चा परिचर्चा चलिरहेको र त्यसमा पनि उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले पार्टी फुटाउँदै छ भन्ने प्रचारमा कुनै सत्यता नरहेको विषय स्पष्ट पार्नुभयो। साथै हाम्रो पार्टी एकताबद्ध रहेको र रहिरहने विश्वास व्यक्त गर्दै वैठकको समापन गर्नुभयो ।’

गत स्थायी कमिटी बैठकमा उपमहासचिव शर्माले पुरक प्रस्ताव पेस गरेका थिए। शर्माले स्थायी समिति बैठकमा १४ पृष्ठ लामो सुझाव प्रस्तुत गर्दै अध्यक्ष प्रचण्डलाई नेतृत्व छाड्न सुझाव दिएका दिए।

त्यसका लागि उनले तीन वटा विकल्प प्रस्तुत गरेका थिए। नेतृत्व चुक्नुका पछाडि शर्माले १० बुँदामा त्यसको व्याख्या गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077