Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

प्रधानमन्त्रीलाई बालेनको प्रश्न – ८ वर्षदेखि नाबालिगलाई हिंसा गर्ने सांसदलाई कहिले समाउने ?

प्रधानमन्त्रीलाई बालेनको प्रश्न – ८ वर्षदेखि नाबालिगलाई हिंसा गर्ने सांसदलाई कहिले समाउने ?

आइतवार , भाद्र १६, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन) ले एमाले सांसद रेखा शर्माले नाबालिकालाई आठ वर्षदेखि घरेलु कामदारको नाममा हिंसा गर्दै आएको आरोप लगाएका छन् ।

आइतबार साँझ सामाजिक सञ्जालमार्फत मेयर बालेन्द्र यस्तो आरोप लगाएका हुन् । उनले दैनिक रुपमा ती बालिकालाई कुटपिट समेत गर्दै आएको बताए । सोही विषयमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् ।

प्रदेश सांसद रहेकी शर्माले दैनिक रुपमा ती बालिकालाई कुटपिट समेत गर्दै आएको बताउँदै मेयर बालेनले २ महिनादेखि महानगरले आग्रह गर्दा पनि सरकारले कारबाही नगरेको भन्दै आपत्ति जनाएका हुन्।

‘उहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा, उहाँले विगत ८ वर्षदेखि बन्दी बनाएर एक जना नाबालिकालाई घरेलु कामदारको नाममा हिंसा गर्दै आउनुभएको छ,’ उनले भने, ‘दैनिक रुपमा कुटपिट गर्दै आउनुभएको छ। काठमाडौँ महानगरले विगत २ महिनादेखि कारबाही अगाडि बढाउनु भन्दा पनि यो सरकारले समाएको छैन।’

मेयर बालेनले प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै अदालतले पनि सांसद रेखालाई मुद्धा चलाउन भनेको बताएका छन् ।

उनले लेखेका छन्, ‘सुशासन भनेको अदालतले नि समाउ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ, समाउनलाई भन्दछ। सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्युपछि गोहीको आँशु चुहाएर फेसबुकमा समवेदना दिँदै एक लाख घोषणा गर्नु नै होला।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077