Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

अनेरास्ववियूका अध्यक्ष बडालको आरोप - बालेनको भारतीय खुफिया एजेन्सीसँग सम्बन्ध छ

अनेरास्ववियूका अध्यक्ष बडालको आरोप - बालेनको भारतीय खुफिया एजेन्सीसँग सम्बन्ध छ

आइतवार , भाद्र १६, २०८१

काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका अध्यक्ष समिक बडालले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहलाई भारतीय खुफिया एजेन्सीसँग सम्बन्ध रहेको आरोप लगाएका छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष बडालले मेयर शाहमाथि यस्तो आरोप लगाएका हुन् ।

मेयर शाहले राजधानीको सांग्रिला होटल पछाडि घर भाडामा लिएर भारतीय खुफिया एजेन्सीको निर्देशनमा काम गरिरहेको आरोप समेत बडालले लगाएका छन् ।

उनले भनेका छन् ‘काठमाडौँ महानगरपालिकाका मेयर बालेनजी सांग्रिला होटल पछाडि घर भाडामा लिएर दैनिक भारतीय खुफिया एजेन्सीसँगको निर्देशनमा नेपाली जनताको आँखामा छारो हाल्न बन्द गर्नुस्, नेपाली जनताले तपाईको असलियत बुझ्ने दिन धेरै टाढा छैन ।’

मेयर शाहले आज मात्रै नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्माको फोटो सार्वजनिक गर्दै नाबालिगमाथि ८ वर्षसम्म पनि हिंसा हुँदा किन कारबाही नगरेको भन्दै प्रश्न गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077