Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

गण्डकीका मुख्यमन्त्री पाण्डेले गरे मन्त्रिपरिषद् विस्तार, एमालेबाट थपिए चार मन्त्री

गण्डकीका मुख्यमन्त्री पाण्डेले गरे मन्त्रिपरिषद् विस्तार, एमालेबाट थपिए चार मन्त्री

सोमवार , भाद्र १७, २०८१

पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तार गरेका छन्।

मुख्यमन्त्री पाण्डेले एमालेका तर्फबाट चार मन्त्री नियुक्त गरेका हुन्।

सरकारमा एमालेबाट प्रकाशबहादुर केसीले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाएका छन् भने यसअघिका भौतिक पूर्वाधारमन्त्री दीपक मनाङेलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

केसी अघिल्लो चुनावताका राप्रपाबाट एमाले प्रवेश गरेका हुन्। गण्डकीमा ९ मन्त्रालयको टुंगा लागेसँगै मुख्यमन्त्री पाण्डेले एमालेका ४ मन्त्री नियुक्तसँगै मन्त्रालयसमेत हेरफेर गरेका हुन्।

एमाले पद्मा जिसी श्रेष्ठको नेतृत्वमा सरकारमा सहभागि भएको हो। एमालेबाट पद्माले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएकी छन्।

सामाजिक विकास मन्त्रालयबाट फुटाइएको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी एमालेबाट कृष्ण पाठकले प्राप्त गरेका छन्।

एमालेकै मित्रलाल बस्याल उद्योग, पर्यटन मन्त्री भएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077