Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

मिटरब्याजका नाइकेविरुद्ध अप्रेसन चलाउँदै सम्पत्ति शुद्धीकरण विभाग

मिटरब्याजका नाइकेविरुद्ध अप्रेसन चलाउँदै सम्पत्ति शुद्धीकरण विभाग

शुक्रवार , आषाढ १९, २०८३

काठमाडौं । वित्तिय अपराधविरुद्ध आक्रामक बनेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मिटरब्याजको धन्दामा संलग्नहरुमाथि अप्रेसन चलाउने तयारी गरेको छ। मिटरब्याजबाट अवैध आर्जन गरेकाहरूविरुद्ध विभागले कारबाहीको तयारी गरेको हो। 

स्रोतका अनुसार केही मुख्य व्यक्तिहरूको विवरण संलग्न गरी कारबाहीको तयारी भइरहेको छ। काठमाडौंमा बदनाम भएका वीरेन्द्रलाल श्रेष्ठ र महेश सिंह विभागको पहिलो सूचीमा छन्।

उनीहरूले गुन्डागर्दीदेखि प्रहरी प्रशासनको दुरुपयोग गरी बर्षौदेखि मिटरब्याजको धन्दा चलाउँदै आएका छन्। त्यसबाट करोडौंको अकुत सम्पत्ति आर्जन गरेका छन्। 

काभ्रेको नमोबुद्ध–५ घर स्थायी घर भएका वीरेन्द्रलाल पहिला ट्याम्पो चालक थिए। मिटरब्याजबाट उनले अर्बको सम्पत्ति जोडिसकेका छन्। प्रहरीकै पैसा समेत मिटरब्याजमा चलाउने भएकाले उनलाई प्रहरीका धेरै अधिकारीले संरक्षण गर्दै आएको स्रोत बताउँछ । 

उजुरी पर्दा पनि उनी हत्तपत्त पक्राउ पर्दैनन्। एक सय भन्दा धेरैविरुद्ध उनले चेक बाउन्सको उजुरी गरेका गरेका छन्। अदालतमा तारेख धाउन मात्र उनले कर्मचारी राखेका छन्। मिटरब्याजको पैसा उठाउन गुन्डादेखि प्रहरी परिचालन गर्दै आएका छन्। 

उनीविरुद्ध दुई वर्षअघि नै काठमाडौं प्रहरीमा उजुरी परेको थियो। तर, प्रहरीसँगको सेटिङका कारण उनलाई केही भएन। श्रेष्ठको प्रहरीका उच्च हाकिमदेखि नेकपा एमालेका उच्च नेताहरुसँग राम्रो उठबस रहेको छ ।

तर, सम्पत्ति शुद्धीकरण विभागले भने हाल उनीउपर विस्तृत अनुसन्धानको तयारी गरेको स्रोतले अनलाइन नेपाललाई बतायो । 

त्यस्तै, मिटरब्याजमा विगतमा पक्राउ परेका ललितपुरका महेश सिंह पनि विभागको निगरानीमा छन्। यसअघि रमेश खरेल काठमाडौंको एसपी हुँदा उनी पक्राउ परेका थिए। तर, त्यतीबेला उनको सम्पत्तिको छानबिन भएको थिएन । 

काभ्रेली समुहका दर्जनौं व्यक्तिविरुद्ध उजुरी परेको छ।

सिन्धुलीका राजकुमार बराल, गजेन्द्र मास्के, बाबु पुन, रघु पुरीलगायत पनि छानबिनमा छन्। मिटरब्याजका नाइकेसँग प्रहरीको साँठगाँठ हुने भएकाले कारबाही हुने गरेको छैन । जसकारण विभागले यसमा चासो राखेर कारबाही गर्न लागेको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077