Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

अख्तियारका एसपी मोहन थापासहित दर्जन बढि प्रहरी अधिकृत फिर्ता

अख्तियारका एसपी मोहन थापासहित दर्जन बढि प्रहरी अधिकृत फिर्ता

शुक्रवार , आषाढ १९, २०८३

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यारत एसपी मोहन थापासहित एक दर्जन भन्दा बढि  प्रहरी अधिकारीहरु फिर्ता भएका छन् । 

प्रहरी प्रधान कार्यालयले उनीहरुलाई फिर्ता बोलाएको हो । एसपी थापाको स्थानमा युएन शाखाका एसपी सुधिरराज शाहीलाई खटाइएको छ । 

एसपी थापासँगै डीएसपीहरु उमेश लम्साल, मदनजित महरा, गौतम थापा, दिपक कुमार कार्की र भिम खड्का अख्तियारबाट तानिएका हुन् । 

त्यसैगरी इन्स्पेक्टरहरु ज्ञानमन्जरी शर्मा, हिमबहादुर केसी, किशोर केसी, सुजन पाठक, रामजी देवकोटा, फुलमाया घिसिङ, साकारराज पन्त, श्यामसुन्दर पाठक र उमेश श्रेष्ठ लगायतको प्रहरी टोली पनि अख्तियारबाट फिर्ता भएको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077