Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

बिहीबार कर्णालीमा खसेको गाडी र यात्रुको अवस्था अझै अज्ञात, पुन: गोताखोर परिचालन

बिहीबार कर्णालीमा खसेको गाडी र यात्रुको अवस्था अझै अज्ञात, पुन: गोताखोर परिचालन

शुक्रवार , आषाढ १९, २०८३

सुर्खेत । कर्णाली नदीमा खसेको यात्रुवाहक फोर्स गाडी र त्यसमा सवार यात्रुको खोजी दोस्रो दिन पनि जारी रहेको छ। 

यात्रुको खोजी गर्न सशस्त्र प्रहरी बल नेपाल नं ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतका छ जना गोताखोर आज पनि देखि पुनस् परिचालन गरिएका छन् । 

बिहीबार सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क प्र ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी ११स्३० बजेतिर दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७  साङ्गेतडास्थित दुर्घटनाग्रस्त भई करिब ४०० मिटर तल कर्णाली नदीमा खसेको थियो । 

बिहीबार पाँच घण्टासम्म गोताखोरले खोजी गर्दा नभेटाएपछि आज पुनस् खोजी गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

नदीको जलसतह बढ्नुका साथै बहाव अत्यन्त तीव्र रहेकाले उद्धार तथा खोजी कार्य चुनौतीपूर्ण बनेको छ । 

खोजी तथा उद्धार कार्यका लागि जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक श्रवण विकको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना परिचालन भएका छन् ।

दुर्घटनामा परेको गाडीमा कति सवार थिए, अझै यकिन भएको छैन। तर, गाडीमा चालकसहित ५/६ जना यात्रु रहेको अनुमान प्रहरीले गरेको छ। अन्य यात्रुको अवस्था तथा विवरण खुल्न बाँकी रहेको र खोजी तीव्र रूपमा भइरहेको प्रहरीले जनाएको छ।
जसमध्ये हालसम्म भिरमा अड्किएको अवस्थामा एक जना पुरुषको शव मात्रै फेला परेको छ ।

मृतक कालीकोटको पचाल झरना गाउँपालिका-९ निवासी ४५ वर्षीय जेखे तिरुवा रहेका खुलेको छ। उनको शव पोस्टमार्टमका लागि नगर अस्पताल दैलेखको दुल्लुमा राखिएको छ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077