Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

रुसले किभमा गर्‍यो यस वर्षकै सबैभन्दा ठूलो हवाई आक्रमण

रुसले किभमा गर्‍यो यस वर्षकै सबैभन्दा ठूलो हवाई आक्रमण

शुक्रवार , आषाढ १९, २०८३

एजेन्सी । रुसले शुक्रबार बिहान युक्रेनको राजधानी किभमा यस वर्षकै सबैभन्दा ठूलो हवाई आक्रमण गरेको छ । सयौँ ड्रोन र दर्जनौँ मिसाइल प्रहारबाट कम्तीमा २७ जनाको मृत्यु भएको छ भने ९१ जना घाइते भएका छन् ।

आक्रमणपछि राजधानीका करिब १३० भवनमा क्षति पुगेको छ भने भग्नावशेषमुनि फसेकाहरूको खोजी जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ ।

युक्रेनी अधिकारीहरूका अनुसार मध्यरातदेखि सुरु भएको आक्रमणका क्रममा किभभरि लगातार विस्फोट भएका थिए। हजारौँ सर्वसाधारणले ज्यान जोगाउन बम सेल्टर र भूमिगत मेट्रो स्टेसनमा आश्रय लिएका थिए। आक्रमणपछि राजधानीको आकाश धुवाँले ढाकिएको थियो।

राजधानीको सैन्य प्रशासन प्रमुख तैमुर त्काचेन्कोका अनुसार अस्पतालमा उपचाररत एक घाइतेको मृत्यु भएपछि मृतकको संख्या २७ पुगेको हो।

नीपर नदीको पूर्वी किनारमा रहेको एक आवासीय क्षेत्रमा पाँच शव फेला परेका छन् भने आठ जना अझै बेपत्ता छन्। उद्धार टोलीहरू रातभरि भग्नावशेष हटाएर खोजी कार्यमा जुटिरहेका छन्।

यसैबीच, राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आयरल्यान्ड भ्रमण छोट्याएर स्वदेश फर्किएपछि क्षतिग्रस्त नौतले आवासीय भवनको निरीक्षण गरेका छन् ।

उनले सहयोगी राष्ट्रहरूले वाचा गरेअनुसार वायु रक्षा प्रणाली समयमै उपलब्ध गराउन नसक्दा ठूलो जनधनको क्षति भएको बताएका छन्।

जेलेन्स्कीले अर्को साता टर्कीमा हुने नेटो शिखर सम्मेलनमा युरोपको वायु रक्षा क्षमता प्रमुख एजेन्डा बन्नुपर्ने बताएका छन्। उनले रुसी ब्यालिस्टिक मिसाइललगायत सबै प्रकारका खतराविरुद्ध युरोपसँग आफ्नै प्रभावकारी रक्षा प्रणाली हुनुपर्नेमा जोड दिएका छन्।

युक्रेनी वायुसेनाका अनुसार रुसले रातभर ४९६ ड्रोन र ७४ वटा मिसाइल प्रहार गरेको थियो। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077