एजेन्सी । युक्रेनी सेनाले रुसको मस्को नजिकै रियाजान क्षेत्रको तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण गरेको छ ।
युक्रेनी सेनाले सामाजिक सञ्जालमार्फत शत्रुको मिसाइल र बम प्रहार गर्ने क्षमतालाई कम गर्ने प्रयासस्वरूप मस्को नजिकैको रियाजान क्षेत्रमा रहेको तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको जनाएको छ ।
रियाजानका गभर्नर पावेल माल्कोभले रुसी हवाई प्रतिरक्षाले रातमा २५ युक्रेनी ड्रोन खसालेको बताए ।
यो आक्रमण युक्रेनको राजधानी किभमा रुसले गरेको आक्रमणको एक दिनपछि भएको हो। त्यस आक्रमणमा सात जनाको मृत्यु भएको थियो।