Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

वन तथा वातावरण मन्त्रीबाट राजीनामा दिने मनाङेको चेतावनी

वन तथा वातावरण मन्त्रीबाट राजीनामा दिने मनाङेको चेतावनी

सोमवार , भाद्र १७, २०८१

पोखरा । गण्डकी प्रदेशमा वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका दीपक मनाङेले पदबाट राजीनामा दिने चेतावनी दिएका छन्।

मन्त्रालय परिवर्तन भएपछि स्वतन्त्र सांसद मनाङेले असन्तुष्टि जनाउँदै राजीनामा दिने चेतावनी दिएका हुन्।

यसअघि मनाङेले सम्हालेको भौतिक मन्त्रालय नयाँ समीकरणपछि एमालेको भागमा परेको थियो ।

कम प्रभाव भएको मन्त्रालय दिएको र वरीयता पनि घटाइएको भन्दै मनाङेले असन्तुष्टि जनाका छन्।

उनलाई छैठौं वरीयतामा राखिएको छ । यसअघि ५ जनामन्त्री हुँदा उनी तेस्रो नम्बर वरीयतामा थिए।

मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रममा गएपनि कम प्रभाव भएको मन्त्रालय र वरीयता पनि घटाइएको भन्दै असन्तुष्टि जनाएका थिए ।

मनाङे कार्यक्रमस्थलबाट पनि रिसाउँदै निस्किएको स्रोतले बतायो । मनाङे मन्त्री रहेको भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी एमालेका प्रकाशबहादुर केसीले पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077