Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

प्रधानमन्त्री ओलीमाथि फेरी खनिए बालेन, भने - कार्यकर्तालाई ज्ञान दिएर राजनीतिमा लगाउनू!

प्रधानमन्त्री ओलीमाथि फेरी खनिए बालेन, भने - कार्यकर्तालाई ज्ञान दिएर राजनीतिमा लगाउनू!

सोमवार , भाद्र १७, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) फेरी प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि खनिएका छन् ।

एमालेकी प्रदेश सांसद रेखा शर्मामाथि नाबालिकालाई घरेलु कामदार राखेर हिंसा गरेको मुद्धामा सर्वोच्चको फैसलाको आधा पाठ ल्याएर भ्रम छर्ने काम गरेको भन्दै मेयर बालेनले सामाजिक संञ्जालमार्फत आक्रोश पोखेका हुन् ।

लुम्बिनी प्रदेशकी सांसद शर्माले आफूले गरेको कसुरमा जेल जान सक्ने सम्भावना देखेर आफू छलिन र जोगिन आफै सर्वोच्च र उच्च अदालतमा मुद्दा हाल्दै हिँडेको मेयर बालेनले बताए ।

प्रदेश सांसद शर्माले उक्त मुद्दा हार्ने समेत मेयर बालेनको दाबी छ ।

मेयर बालेनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘महानगरले उनीविरुद्ध हालेको मुद्दा त प्रहरीले अनुसन्धान अघि बढाएकै छैन, अदालतमा प्रवेश गरेकै छैन र हामीले उठाएको कुरा नै त्यही नै हो कि उनले गरेको कसुर बमोजिमको कसुर बमोजिमको कारबाही अघि बढ्नुपर्छ । प्रधानमन्त्री खड्कप्रसाद ओलीज्यू तपाईं आफ्नो कार्यकर्ताहरूलाई सामान्य ज्ञान दिएर राजनीतिमा लगाउनु होला । पछि यस्तै ज्ञानविहीन भएर देश चलाउने ठाउँमा पुग्दा तपाइजस्तै अरूको इशारामा चल्ने हुनुपर्ला ।’

काठमाडौं महानगरले दुई महिनादेखि कारबाही अगाडि बढाउन आग्रह गर्दा पनि सरकारले बेवास्ता गरेको भन्दै हिजोमात्रै मेयर बालेनले ओलीमाथि आक्रोश पोखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077