Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

चारवटा संसदीय समितिको बैठक बस्दै, के-के छन् कार्यसूची ?

चारवटा संसदीय समितिको बैठक बस्दै, के-के छन् कार्यसूची ?

मंगलवार , भाद्र १८, २०८१

काठमाडौं । संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ ।

अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र संसदीय सुनुवाइ समितिको बैठक बस्न लागेको हो ।

बिहान १० बजे बस्ने अर्थ समितिको बैठकमा बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बिहान १० बजे बस्नेछ । बैठकमा परराष्ट्रमन्त्री आरजु राणा देउवादे गरेको भारत भ्रमण सम्बन्धमा छलफल हुनेछ ।

यस्तै बैठकमा राजदूत नियुक्ति सम्बन्धमा पनि छलफल गर्ने कार्यसूची छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे बस्नेछ ।

बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल हुनेछ । यस्तै बैठक बिहान ११ बजे संसदीय सुनुवाइ समितिको बैठक पनि बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077