Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

आईजीपीको 'जिब्रो थुत्नुपर्ने' अभिव्यक्ति दिएका सञ्चारमन्त्रीलाई बर्खास्त गर्न माग

आईजीपीको 'जिब्रो थुत्नुपर्ने' अभिव्यक्ति दिएका सञ्चारमन्त्रीलाई बर्खास्त गर्न माग

मंगलवार , भाद्र १८, २०८१

काठमाडौँ । नेपाली कांग्रेस सांसद शंकर भण्डारीले सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङलाई बर्खास्त गर्न माग गरेका छन् ।

उनले एक विज्ञप्ति जारी गर्दै मन्त्री गुरुङलाई बर्खास्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेका हुन् ।

मन्त्री गुरुङले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरलाई सार्वजनिक स्थलमा अपशब्द बोलेको भन्दै उनलाई प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने बताए ।

गुरुङले प्रहरी समायोजन गर्ने विषयमा प्रहरी महानिरीक्षकले अवरोध गरेको भन्दै ‘जिब्रो थुत्नुपर्ने’ भनी अशोभनीय र अमर्यादित अभिव्यक्ति दिएका थिए ।

उनले पछिल्लो समय नेपालमा घटिरहेको घटनाक्रम र सरकारका गतिविधिबाट मलाई एउटा राजनीतिक कर्मी भएका नाताले अत्यन्त छटपटी लागेको हुँदा मैले यो वक्तव्य निकाल्न पर्ने स्थिति आएको विज्ञप्तिमा भनेका छन् ।

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'देशको शान्ति सुरक्षा कायम गर्ने जिम्मा लिएको प्रहरी संगठनको प्रमुखलाई नेपाल सरकारका प्रवक्ता तथा सुचना तथा संचार मन्त्रीबाट सार्वजनिक स्थलमा अपशब्द व्यक्त भएकोमा मैले त्यसको घोर भर्त्सना गर्दै प्रधानमन्त्रीले संचार मन्त्रीलाई बर्खास्त गर्न आव्हान गर्दछु ।'

शान्ति सुरक्षामा भविष्यमा कुनै तलमाथि हुन आएमा यसको जिम्मेवार स्वयं सरकार र प्रधानमन्त्री हुने पनि सांसद भण्डारीको चेतावनी छ । उनको अभिव्यक्ति विवादमा आएपछि प्रधानमन्त्री ओलीले बोलाएर सचेतसमेत गराएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077