Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

जिब्रोमा ब्रेक लगाउन सञ्चारमन्त्री गुरूङलाई कांग्रेस सांसद खतिवडाको सुझाव

जिब्रोमा ब्रेक लगाउन सञ्चारमन्त्री गुरूङलाई कांग्रेस सांसद खतिवडाको सुझाव

मंगलवार , भाद्र १८, २०८१

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रहरी महानिरीक्षकबारे सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद खतिवडाले सञ्चारमन्त्री गुरूङलाई जिब्रोमा ब्रेक लगाउन सुझाव दिएका हुन्।

सांसद खतिवडाले भने,'सञ्चार मन्त्रीले जिब्रो थुत्ने अभिव्यक्ति दिनुभयो ।मन्त्रीहरूको जिब्रोमा ब्रेक लगाएर बोलियोस् । यसको जवाफ संसदमा दिइयोस् ।'

उनले आईजीपी बसन्तबहादुर कुँवरको जिब्रो थुत्नुपर्ने भन्ने अभिव्यक्ति सञ्चारमन्त्रीले आपत्तिजनक अभिव्यक्ति दिएको बताए ।

सञ्चारमन्त्री गुरूङले शनिबार पोखरामा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै आईजीपीको जिब्रो थुत्नुपर्ने भन्दै असंवेदनशील अभिव्यक्ति दिएका थिए।

त्यस्तै,सांसद खतिवडाले गण्डकी प्रदेशका मन्त्री दीपक मनाङेले मन्त्रीको पद पैसामा बिक्री गर्न खोजिएको अभिव्यक्ति दिएको भन्दै त्यसबारे कसैले जवाफ दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077