Jul 03 2026 | २०८३, आषाढ १९ गते

03 Jul 2026 | शुक्रवार, आषाढ १९ गते २०८३

शुक्रवार, आषाढ १९ गते २०८३
images
images

एमबीबीएसको प्रवेश परीक्षामा भएको त्रुटिबारे छानविन गर्न संसदीय समितिको निर्देशन

एमबीबीएसको प्रवेश परीक्षामा भएको त्रुटिबारे छानविन गर्न संसदीय समितिको निर्देशन

बुधवार , भाद्र १९, २०८१

काठमाडौं। संसदीय समितिले चिकित्सा शिक्षा आयोगले लिएको प्रवेश परीक्षाको नतिजा प्रकाशनमा भएको त्रुटिका विषयमा छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ।

आज बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले उक्त निर्देशन दिएको हो ।

समितिले शिक्षामन्त्री र आयोगका पदाधिकारीसँग छलफल गर्दै नतिजा प्रकाशनमा भएको त्रुटीका विषयमा छानबिन गरि प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ ।

समितिको बैठकमा उपस्थित सांसदहरुले चिकित्सा शिक्षा आयोगले विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको भन्दै आपत्ति जनाएका थिए।

बैठकले विद्यार्थीहरुलाई विश्वासमा लिएर त्रुटि सच्याउन शिक्षा र स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ ।  साथै तत्काल छानविन समिति गठन गरी १० दिन भित्र प्रतिवेदन पेश गर्न पनि निर्देशन दिएको छ।

त्यस्तै, आगामी दिनमा मेरिट प्रणालीमा कुनै पनि सम्झौता नगरि आम नागरिक र सम्बन्धी व्यक्तिहरूको विश्वास जित्ने गरि आवश्यक सुधार गर्न पनि आयोगलाई निर्देशन दिएको छ ।

बैठकमा समिति सदस्यहरूले चिकित्सा शिक्षाको परीक्षामा ठूलो त्रुटी भएको भन्दै छानबिनको माग गरेका थिए ।

रोल नम्बर एउटा विद्यार्थीको र प्राप्ताङ्क अर्को विद्यार्थीको भई झन्डै तीन हजारभन्दा बढी विद्यार्थीको नतिजा परिवर्तन आएको भन्दै विद्यार्थीहरू समेत आन्दोलित छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077